भारतीय लोकसभा चुनावमा सत्तारुढ गठबन्धन एनडीए अगाडि ,,

जेठ,९ काठमाडौं – भारतीय लोकसभा चुनावमा सत्तारुढ गठबन्धनले अग्रता लिएको छ ।प्रारम्भिक मतगणना भने जारि छ गणनाको फरक फरक आँकडा सार्वजनिक भए पनि सबैले सत्तारुढ बीजेपी नै अगाडि देखिएका छन् ।
आजतकका अनुसार, मतगणनाको पछिल्लो परिणाममा २ सय ९० स्थानमा अग्रता लिएको छ ।कांग्रेससहितको विपक्षी गठबन्धन यूपीए एनडीएभन्दा निकै पछि देखिएकाे छ ।आजतका अनुसार यूपीएले अहिलेसम्म मात्रै ९१ स्थानमा अग्रता लिएको छ । ७५ स्थानमा अन्य दलले अग्रता लिएको छ
भारतमा चैत २३ देखि सुरु भएको निर्वाचन गत आइतबार सम्पन्न भएको थियो । कुल ५४३ सिटका लागि ७ चरणमा निर्वाचन भएको थियो । जसमा १ हजार २ सय ७९ उम्मेदवार मैदानमा छन् ।कुल ५४३ सिटमध्ये बहुमतका लागि २७२ सिट आवश्यक पर्दछ ।
