Gold

कराँतेमा १९ मध्ये १० स्वर्ण नेपालको हातमा ,

Naumule Migrate

मङ्सिर १८ ,काठमान्डौ – १३ औं दक्षिण एसियाली खेलकुद (साग)को कराँतेमा नेपालले १० स्वर्ण जितेको छ । १९ स्वर्णमध्ये नेपालले सर्वाधिक १० स्वर्ण जितेको हो ।

प्रतिपर्धाको पहिलो दिन ९ मध्ये ७ स्वर्ण जित्दै शानदार शुरुवात गरेको नेपालले दोस्रो दिन २ स्वर्ण थपेको थियो ।तेस्रो दिन बुधबार एक स्वर्ण जितेको छ ।

अनुपमा मगरले ६८ केजीमाथि स्वर्ण जितेकी हुन् ।१९ स्वर्णमा १० स्वर्ण नेपालले जितेपनि प्रक्षिसक मदन उप्रेती भने खुसि नभएको बताए ,।

केहि जित्न पर्ने ईभेण्टमा खेलाडी चुकेको भन्दै खुसि नरहेको उनले बताए बुधबार नेपालका सोनाम लामा पुरुष ५० केजीमुनि कास्यमा सिमित भए ।

उनीबाट पनि स्वर्णको आशा गरिएको थियो । यस्तै महिला टिम कुमुतेमा पनि राम्रो प्रदर्शन भएन । स्वर्ण आश गरेको यसमा नेपालले कास्यमा चित्त बुझाएको छ ।

‘आज सोचेजस्तो प्रदर्शन भएन । टिम फाइटमा आशा थियो, तर केटीहरुले खेल्न सकेनन्’, मुख्य प्रशिक्षक मदन उप्रेतीले भने, ‘टिममा जित्नुको शान नै अर्कै हुन्छ ।मंगलबार राजकुमार पुडासैनीले पनि स्वर्ण जित्न सकेनन् ।

दिवस श्रेष्ठ पनि दुर्भाग्यवश फाइनलमा हारे । ‘अपेक्षा गरेकाहरुबाट स्वर्ण आएको भए नेपालले आठौं साग नै जित्ने रहेछौं’ मुख्य सहायक प्रशिक्षक दीपक श्रेष्ठले भने ।

यद्यपि आठौंको इतिहास नभेटे पनि समग्रमा नेपालको प्रदर्शनलाई राम्रो मानिएको छ । १३ औं सागको करोतको पुरुष टिम कुमुतेको अन्तिम स्पर्धाअघि नेपालले १० स्वर्ण जितेको छ भने ४ रजत र ४ कास्य पदक पनि हात पारेको छ ।

पहिलो दिन

७ स्वर्ण

एकल काता – मण्डेकाजी श्रेष्ठ

टिम काता – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर

टिम काता, महिला – निर्मला तामाङ, संगिता मगर, सरु कार्की

कराँते, ५५ केजी – लक्ष्मण तामाङ

कराँते, ८४ केजीमाथि – विप्लवलाल श्रेष्ठ

कराँते, ४५ केजीमुनि – कुसुम खड्का

कराँते, ५० केजीमुनि – अनु अधिकारी

रजत २

एकल काता, महिला – चन्चला दनुवार

कराँते, ८४ केजीमुनि – दिवस श्रेष्ठ

दोस्रो दिन

२ स्वर्ण

पुरुष, ६७ केजी – नविन रसाइली

महिला, ६८ केजी – सुनिता महर्जन

२ रजत

पुरुष ७५ केजीमुनि – गंगाराम कुश्वार

महिला ६१ केजीमुनि – मअनु गुरुङ

कास्य

महिला ५५ केजीमुनि – मनिषा चौधरी

पुरुष ६० केजीमुनि – राजिव पुडासैनी

तेस्रो दिन

१ स्वर्ण

महिला ६८ केजीमाथि – अनुपमा मगर

२ कास्य

पुरुष ५० केजीमुनि– सोनाम लामा

Naumule Badhipahiro