पेट्रोल लुकाउने मैतीदेवीको पेट्रोल पम्पलाई दुई लाख जरिवाना ,

चैत ४ ,काठमान्डौ – मौतिदेवी पेट्रोल पम्पलाई सरकारले २ लाख रुपैयाँ जरिवाना गरेको छ ।

पम्पमा ४ हजार लिटर पेट्रोल मौज्दात रहे पनि बिक्री नगरेको भेटिएपछि आयल निगम र वाणिज्य आपूर्ति तथा उपभोत्ता हित सरक्षण विभागको टोलीको संयुक्त अनुगमन टोलीले जरिवाना गरेको हो ।

पम्पमा तेलछै भनेर ट्याग राखीएको तर अनुसन्धानमा ४ हजार लिटर तेल फेलापरेको थियो ।

विभागका अनुगमन निरीक्षक दिपक पोखरेलले भने, ‘पम्पलाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार मंगलबार राति १० बजे नै जरिवाना गर्यौं ।

निगमले पर्याप्त मात्रामा ईन्धन पाठाएपनि बजारमा उपभोक्ताहरु लाईनमा बसेको देखिन्छन । कतिपएले भने पम्प बन्द गरेका छन् ।

धेरैले बभने तेल लुकाउने गर्दछन ।सर्वसाधारणको भीड बढेपछि बुधबार आपूर्ति मन्त्री लेखराज भट्टले पुलचोक, जावलाखेल, कुमारीपाटी, एकान्तकुनालगायत क्षेत्रका करिब दुई दर्जन पम्पमा अनुगमन गरेको मन्त्रालयले जनाएको छ ।

अनुगमनको क्रममा उपभोक्ताहरु नाकाबन्दीको बेला भएको न्यून आपूर्तिको त्रासले मौज्दात राख्न थालेकाले आपूर्तिमा समस्या देखिएको मन्त्रीका स्वकीय सचिव हितेश ओझाले बताए । आयल निगमले इन्धन लुकाउने पम्पलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ ।