पार्टी एकता हुननदिन बाहिर भित्र बाट चलखेल भयको प्रचण्डको भनाई ,,
२१ चैत,काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले-माओवादी एकता रोक्न चलखेल भएको बताएका छन् । भित्र र बाहिर दुवैतिरबाट एकता हुन नदिन चलखेलहरु भइरहेको भन्दै अध्यक्ष प्रचण्डले सचेत हुन आग्रह गरेका हुन् ।जस्तो सुकै चलखेल गरेपनि पार्टी एकता कसैले रोक्न सक्दैन प्रचण्डले सांसदहरुलाई सचेत ढंगले अगाडी बढ्न र पार्टी एकताको पक्षमा लाग्न आग्रहसमेत गरेका छन् ।
एमाले-माओवादी पार्टी एकता तिब्र रुपले र सहजता ढंगलले अघि बढिरहेको बताउँदै अध्यक्ष प्रचण्डले दुवै पार्टीलाई सहज हुने गरी पार्टी एकता टुंगाउने तयारी भइरहेको भन्दै बताए ’हिजो मात्र हामीले राजनीतिक प्रतिबेदन र बिधान मस्यौदा कार्यदलको रिपोर्ट बुझेका छौं , दुवै पार्टीलाई सहज हुने गरी एकता टुंगाउन हामी लागिरहेका छौं उनले भने ।
संसदीय दलको बैठकमा पार्टीको संघीय संसदीय दलको विधानको प्रारुपबारे समेत छलफल भयको भन्दै प्रचण्डले केन्द्रमा सह-अध्यक्षको मोडलमा जाने सहमति भएपनि प्रदेश, जिल्ला र स्थानीय तहमा कुन मोडेलमा जाने भन्ने विषयमा ठोस निष्कर्षमा नपुगिएको बैठकलाई जानकारी गराए ।