Gold
Bangad salyan

ओली प्रचण्ड शितल निवासमा ,

Salyan

साउन ३ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शीतल निवास पुगेका छन् ।

उनीहरु सचिवालय बैठक सकिए लगतै रास्ट्रपति निवास शितल निवासमा पुगेका हुन्।

बालुवाटार स्रोतका अनुसार पार्टीको आन्तरिक विवाद समाधानका लागि सचिवालय बैठकमा भएको छलफल लगत्तै अध्यक्षद्वय राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन्।

बालुवाटारमा लामो छलफल चलेको सचिवालय बैठकले ठोस निर्णय नगरे पनि सहमतिबाटै पार्टी भित्रको संकट समाधान गर्ने विषयमा व्यापक छलफल भएको छ ।

उक्त विषयको टुंगो स्थायी कमिटिबाट लगाउने गरि शनिबारको सचिवालय बैठक स्थगित भएको हो।

जुन विषयको टुंगो स्थायी कमिटीबाट लगाउने गरी शनिबारको सचिवालय बैठक टुंगिएको छ ।