सुर्खेतको गुर्भाकोट भेरी नदिमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्युु
जेठ १०

सुर्खेत – सुर्खेतको भेरी नदिमा माछा मार्ने क्रममा डुबेर बेपत्ता भएका गुर्भाकोट-१३ का प्रेम बहादुर रानाको शव तीन दिनपछि फेला परेको छ।
उनी बिहीवार साँझ करिब ८ बजे माछा मार्ने क्रममा घुमखहरेमा डुबेका थिए । उनको शव शनिवार दिउँसो लेकवेशी नगरपालिका वडा १, चिप्लेमा फेला परेको हो।
