कालीखोलामा चारकिलो पहिरो ,

साउन ५ ,चितवन – नारायणगढ- मुग्लिन सडकको चारकिलो, कालीखोलामा सोमबार पहिरो खस्दा यातायातका साधनहरु अवरुद्द भएका छन् ।
पहिरो ठुलो भएकाले पहिरो हटाउन आज दिनभर लाग्नसक्ने जसको लागि यात्रुले वैकल्पिक सडक प्रयोग गर्न चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए।

अहिले पनि निरन्तर वर्षा हुने र पहिरो खसिरहेको हुनाले मौसममा केहि सुधार आएपछि मात्र अवरुद्द सडक खुल्न सक्ने उनले बताए।

नारायणगढ मुग्लिन सडक दुई लेनको बनाउन विभिन्न ठाँउमा पहाड काटीएकाले बेलाबेलामा पहिरो जाने गर्दछ। पहिरो नियन्त्रण अझै हुनसकेको छैन।
