surkhet

पद हाम्रो विषय होइन अध्यक्ष प्रचण्ड ,

पार्टीमा विवाद र बहस हुनु सामान्य,

surkhet

साउन १७ ,ललितपुर – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी भित्र विवाद र बहस हुनु सामान्य भएको बताउनु भएको छ।

आम कार्यकर्ता र जनताको चाहना नेकपा विभाजन नहोस् भन्ने रहेको उल्लेख गर्दै जनताको चाहनालाई कदर गर्न पार्टी एकतालाई अझै माथिल्लो उच्चस्तरमा सुदृढ गर्नुपर्ने समेत बताएका हुन् ।

शनिबार तुलसीलाल अमात्यको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले विचार, मान्यता, विधि र पद्धति कस्तो हुने भन्ने बहस नेकपाभित्र भएको भन्नुहुँदै त्यसलाई प्रतिक्रियावादीहरूले पद प्राप्तिको झिनाझम्टी भन्ने गरेकोले नपत्याउन उहाँको आग्रह थियो ।

Dailekh

पदका लागि होइन, राष्ट्र र जनताको सेवा नै मुख्य हो । पद हाम्रो विषय होइन । राष्ट्र र जनताको भविष्य सुनिश्चित गर्ने र विकास गर्ने जिम्मेवारीमा हामी छौं अध्यक्षले भनुभयो ।

Gorkha

उहाँले कम्युनिष्ट पार्टी विचार र पद्धतिमा चल्ने भएकोले बहस हुने कुरा स्वभाविक बताउनुभयो ।

अध्यक्ष प्रचण्डले राजनीतिक अस्थिरता र एकताका निम्ति पद त्याग गर्दै आएको समेत स्मरण गर्दै भन्नुभयो, “मैले संविधान बनाउने बेलामा पनि, स्थानीय तहको निर्वाचन गर्ने बेलामा पनि र गठबन्धन गर्ने बेलामा पनि पद हाम्रो विषय होइन, राष्ट्र र जनताको भविष्य स्थापित गर्ने ऐतिहासिक जिम्मेवारी हो भनेर स्पष्ट पारेका थियौं ।

अहिलेकाे बहसले पार्टी फुटाउने प्रवृत्ति परास्त हुने दावी गर्दै अध्यक्ष प्रचण्डले अहिले भइरहेको बहसलाई छोपछाप गर्न नहुने उहाँकाे भनाइ थियाे ।

उहाँले भन्नुभयाे, ‘अहिलेको बहस तिखो भइरहेको छ । हामीभित्रको तिखो बहस चलिरहेको छ, चिल्ला शब्द छैनन् ।

इतिहासको अनुभवबाट शिक्षा लिएर पार्टी एकता कायम गर्नुको विकल्प छैन । पार्टी फुटाउने प्रवृत्तिलाई परास्त हुन्छ, गरिनेछ । बहसले माथिल्लो स्तरमा लगेर पार्टीलाई सुदृढ गर्छ ।

salyan