सभामुखको सचिवालय र सुरक्षामा खटिएका सबैको रिपोर्ट नेगेटिभ ,

साउन १८ ,काठमान्डौ – सभामुख अग्निप्रसाद सापकोटा, उनको स्वकीय सचिवालय र सुरक्षामा खटिएका सुरक्षाकर्मी सबैको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

सभामुख सापकोटाको स्कर्टिङमा रहेको सवारी साधनमा खटिएका एक सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएको थियो।

शुक्रबार सभामुख सापकोटासहित स्वकीय सचिवालयका कर्मचारी र सुरक्षाकर्मीको स्वाब संकलन गरी पीसीसआर विधिबाट परीक्षण गरिएको थियो, जसमा सबैको रिपोर्ट नेगेटिभ आएको श्रोतले जनाएको हो ।