प्रधानमन्त्रीले बंगलादेशलाई भने नेपाललाई युरिया मल सापटी दिनुपर्यो ,

भदौ १७ ,काठमान्डौ – प्रधानमन्त्रीले केपी शर्मा ओलीले बंगलादेशका प्रधानमन्त्री शेख हसिनासँग युरिया मल सापटी मागेका छन्।

नेपालमा धान खेतिको लागि युरिया मल आवस्यक परेको हुँदा केहि दिनका लागि मल सापटी दिन फोन मार्फत आग्रह गरेका हुन्।

नेपालले खरिद गरेको मल ल्याउन ठेकेदार कम्पनीहरुले ढिलाई गरिरहेका कारण नेपालले बंगलादेशबाट युरिया मल सापटी लिन लागेका कृषि मन्त्रालयका सचिव राजेन्द्र भारीले बताए ।

अहिले किसानहरुले धान खेतिमा हाल्ने युरिया मल नपाउँदा खेतिनै चौपट पर्नेमा किसन चिन्तित छन्।

धान खेति हुने नेपालका विभिन्न जिल्लामा अहिले किसानलाई मलको हाहाकार भईरहेको छ।