surkhet

जनकपुरमा २२ वर्षीय एक महिलाले जन्माईन चार बच्चा ,

surkhet

भदौ १७ ,धनुषा – जनकपुरमा २२ वर्षीय महिलालले एकै पटक चार बच्चालाई जन्म दिएकि छिन। धनुषाको विदेह नगरपालिका ७ जोगियारा कि अरमाना खातुनले मंगलवार राति एकै पटक ३ छोरी र १ छोरालाई जन्म दिएकी हुन् ।

प्रसूतिका लागि मंगलबार बिहान जनकपुरधामस्थित काव्या अस्पतालमा भर्ना भएकी उनको स्त्री तथा प्रसुती रोग विशेषज्ञ चिकित्सक सोनिया सिंहले शल्यक्रिया मार्फत बच्चाहरु निकालेकी थिइन् ।

Gorkha

एकै पटक चार बच्चालाई जन्म दिएकि अरमानको स्वास्थ्य गम्भीर रहेको डा. सोनिया सिंहले बताईन उनका अनुसार चार बच्चा जन्माउनु दुर्लभ हो ,उनको फोक्सोमा पानि जमेर पलमनरी एडीमा देखिएकोले डा. अजय यादवको निगरानीमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

Dailekh

बच्चाहरुको श्वासप्रश्वासमा समस्या हुने भएकाले केही साता विशेष स्वास्थ्य निगरानीमा अस्पतालमा राखिएको डा. सिंहले जानकारी दिए ।

शिशुहरु मध्ये ३ वटाको स्वास्थ्य अवस्था समान्य रहेपनि एक शिशुको अवस्था भने अस्थिर देखिएको डाक्टर एसके सिंहले बताए । शिशुहरु मध्ये छोराको तौल डेढ किलो र छोरीहरुको तौल सवा एक किलो रहेको काव्या अस्पतालले जानकारी दिएको हो ।

salyan