संचिता र खुईलीको मायाका डल्ला गीत सार्वजनिक
जेठ् २४

काठमान्डौ – मायाका डल्ला बोलको गीत बजारमा सार्वजनिक भएको छ। पछिल्लो चरणमा बजारमा दर्शकलाई मनोरञ्जन दिन सर्जकले फरक- फरक तवरले गीत ल्याउने गरेको देखिन्छ ।
यस्तै बेला गायक तथा संगीतकार मीन प्रकाश ओलीले सिर्जना गरेको गीत मायाका डल्ला वल्ला कि पल्ला भन्ने गीत सार्वजनिक भएको हो। गीतको शब्द लेखन मीन प्रकाश ओली र सुमन ढकालले गरेका हुन।
मीन प्रकाश ओली र नबिना सिलुवाल ( खुईली) को स्वर रहेको यो गीतमा संचिता बोलाखे , रितु बस्नेत , भुपेन्द्र डागी ,बाबुराम सुनारको अभिनय देख्न सकिन्छ।
गीतलाई मुकेश निपालीले निर्देशन गरेका हुन भने दिपक गिरिको टिमले खिचेको हो। जानकी म्युजिक प्रा .लिको अफिसियल युटुब च्यानलबाट गीत बजारमा पठाईएको हो।
https://youtu.be/M_BfJ9hpcuQ?si=Mt7wBTXkuysqHvZR

