सबैको नजर कुलमान तिर के हुन्छ आज ,

भदौ २९ ,काठमान्डौ – नेपाल विदुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल आइतबार सकिएको छ ।
ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानको कार्यकाल नियुक्तिबारे गत २५ गतेको मन्त्रिपरिषद्को बैठकमा पेश गर्ने भनेपनि सो दिनको बैठक स्थगित भएको थियो ।
मन्त्री पुनले सार्वजनिक रूपमा कुलमान घिसिङलाईनै निरन्तरता दिइने भनिसकेका छन्, तर कति समयका लागि नियुक्ति गर्ने भन्ने यकिन भएको छैन ।
आज बेलुका ५ बजे मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री केपी शर्मा ओलीले वालुवाटारमा आवहान गरेका छन्। सम्भवत आजको मन्त्रिपरिषद् बैठकले कुलमानलाई कार्यकारी निर्देशकमा नियुक्त गर्छ भन्ने आम नेपालि जनचासो राखेका छन्।
तेस्तै सामाजिक सञ्जालभरि कुलमानलाई पुन: चार वर्षकालागि प्राधिकरणको निर्देशक बनाउन माग गरिएको छ। संवैधानिक निकायहरूमा नियुक्ति विषयमा ओली र प्रचण्डबीच छलफल भएको भईसकेको छ
,नेकपा अधय्क्ष प्रचण्डले पनि कुलमानको नियुक्तिबारे प्रधानमन्त्रीसंग कुरा राखिसकेका छन्।मन्त्री निकट स्रोतका अनुसार कुलमानको जिम्मेवारी थप्ने भन्ने विषयमा भने छलफल चलिरहेको छ ।
