नेपालमा आज थप ११५४ जना कोरोन संक्रमित थपिए ,

असोज ५ ,काठमान्डौ – नेपालमा आज थप ११५४ जना नँया कोरोना संक्रमित थपिएका छन्।यो संगै हाल सम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ६५,२७६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
तेस्तै गत २४ घन्टामा १००५ जना डिस्चार्ज भएपछि कुल निको हुनेको संख्या ४७,२३८ पुगेको हो।तेस्तै सरकारले पछिल्लो समय ९,५३३ जनाको आर्डिटि पीसीआर परिक्षण गरेको छ।
आजको दिनसम्म देशभर १७६११ जना सक्रिय कोरोनाका बिरामीको उपचार भईरहेको छ। ति मध्ये ८९२१ जना संथागत आईसोलेसन र ८६९० होम आईसोलेसनमा रहेको मन्त्रालयका प्रवक्ता जागेस्वर गौतमले बताए।
