कतिपय किशोरी अभिभावकबाटै सुरक्षित छैनन्, यसरी हुन्छन बलाकृत
काठमाडौं,कार्तिक १६ -समाजमा बढ्दै गईरहेको बिकृति र विसंगति दिन प्रतिदिन बढ्दै अगेको छ । खासगरी समाजका दिन प्रति दिन फैलिदै गएको बिकृति विसंगतिलाई रोक्ने,टोल भरि छरिएर रहेका,बेरोजगार भएका,दुर्ब्यशनीमा फसेका युवा युवतीहरुलाई रोजगारमुखी बनाउने र समाजप्रति सकारात्मक बनाउने सरकारको नीति भने छैन ।
मुलुकी अपराध ९संहिता० ऐन, २०७४ अनुसार जबरजस्ती करणी गर्दा कम्तीमा पाँच वर्षदेखि बढीमा सर्वस्वसहित जन्मकैद र क्षतिपूर्तिको व्यवस्था रहेको गौतम बताउँछन्। पत्नीलाई पनि जबरजस्ती करणी गरेमा पाँच वर्षसम्म कैद हुने कानुनी प्रावधान छ। त्यसैगरी २० वर्षभन्दा कम उमेर र हाडनाता करणी भएमा सजाय, जरिबाना र क्षतिपूर्ति थपिँदै जान्छ। तर झन् मौलाउदै गएका छन् ।
गत वर्षको असारमा खजुरा गाउँपालिका–६ की १५ वर्षीया किशोरी आफ्नै ४२ वर्षीय बाबुबाट बलात्कृत भइन्। जड्याहा पतिबाट सधैं कुटाइ खाने आमा माइत गएको मौकामा बाबुले बलात्कार गरेको छोरीको अभियोग छ। ‘हामी दिदीबहिनी सुतेको बेला बुवाले राति ११ बजेतिर बलात्कार गर्नुभयो’, पीडित किशोरीले बयानमा भनेकी छिन् ।
छोरी बलात्कार गरेको अभियोग लागेका बाबु अहिले पुर्पक्षका लागि बाँके कारागारमा छन्। उनको मुद्दा जिल्ला अदालत बाँकेमा विचाराधीन रहेको जिल्ला न्यायाधिवक्ता यमबहादुर बानियाँले जानकारी दिए। इलाका प्रहरी कार्यालय धनौलीका इन्चार्ज वसन्त आचार्यका अनुसार खजुरा गाउँपालिकामा गतवर्ष तीन जना बावुविरुद्ध छोरी बलात्कारको अभियोगमा मुद्दा दायर गरिएको छ।
खजुरा–२ मा ६ वर्षीया र खजुरा–४ मा ८ वर्षीया बालिका आफ्नै बाबुबाट बलात्कृत भएका छन्। उनीहरूको मुद्दा पनि जिल्ला अदालतमै विचाराधीन छ। बर्दियाको गेरुवा गाउँपालिका–६ का ४४ वर्षीय बाबु १८ वर्षकी छोरीलाई बलात्कार गरेको अभियोगमा नेपालगन्जको एक होटलबाट २०७६ मंसिर २४ मा पक्राउ परे। उनले यसअघि पनि भारतको बेंङ्लोरमा आफूलाई बलात्कार गरेको छोरीको अभियोग छ।
‘भारतमा बलात्कार गरेपछि कसैलाई भनिस् भने रेलको पट्टीमा फालेर मार्ने धम्की दिनुभयो’, छोरीले बयानमा भनेकी छन्, ‘नेपालगन्ज पुगेपछि होटलमा फेरि बलात्कार गर्नुभयो। आज घर नजाऔं। भोलि जाउँ भनेर फकाउन खोज्नुभयो।’ उनी ८ वर्षकी हुँदा आमाले दोस्रो विवाह गरेर गएकी थिइन्। बाबुले कान्छीआमा भिœयाएका छन्। मधुवन नगरपालिकामा रहेकी ठूलीआमाको घरको पूजामा गएको बेला बाबुको कुकर्म जानकारी गराएपछि उनले प्रहरीमा जाहेरी दिएकी थिइन्।
यो मुद्दा पनि अदालतमा विचाराधीन छ। जिल्ला अदालत बाँकेले १८ कात्तिक २०७२ मा साबिक शमशेरगन्ज गाविस ९हाल राप्ती सोनारी गाउँपालिका० का एक व्यक्तिलाई छोरी बलात्कार गरेको कसुरमा १८ वर्ष कैदको फैसला गरेको छ। तत्कालीन न्यायाधीश विष्णुप्रसाद कोइरालाले गरेको फैसलामा जबरजस्ती करणीमा ८ वर्ष कैद, हाडनाता करणीमा थप १० वर्ष कैद र ५० हजार रुपैयाँ क्षतिपूर्ति गराइएको थियो।
सो मुद्दा जिल्ला, उच्चहुँदै अहिले सर्वोच्च अदालतमा विचाराधीन छ। त्यसैगरी, ३ साउन २०७३ मा साबिक नौबस्ता ९हाल बैजनाथ गाउँपालिका० की एक छोरीले बाबुले आफूलाई राति तेल लगाइदिन भन्दै भान्सामा बलात्कार गरेको जिल्ला अदालतमा मुद्दा दायर गरिन्। ८ जेठ २०७५ मा जिल्ला अदालतले ती बाबुलाई सफाइ दिएको छ। छोरी बलात्कारको अभियोगमा बाबुले बन्दी जीवन बिताउनु परेको थियो।
इलाका प्रहरी कार्यालय कोहलपुरमा गत वर्ष २४ वटा जबरजस्ती करणीका मुद्दा दायर भएकोमा दुई वटा हाडनाता करणीकै थिए। १३ वर्षीया नातिनी बलात्कार गरेका कोहलपुरका ८० वर्षीय ९तरकारी बाजे० असोज ४ मा दुई वर्ष जेल सजाय भुक्तान गरेर घर फर्किसकेका छन्। कोहलपुर–३ मैटहवामा आफ्नै सहोदर पाँच वर्षीया भतिजी बलात्कार गरेका १९ वर्षीय भारतीय नागरिक अहिले पनि कैदी जीवन बिताइरहेका छन्।
जिल्ला अदालत बाँकेमा गत वर्ष १ सय ४२ वटा र यो वर्ष २१ गरी १ सय ६३ वटा जबरजस्ती करणीका मुद्दा दायर भएका छन्। अदालतका स्रेस्तेदार तीर्थराज भट्टका अनुसार ११ वटा त हाडनाता करणीकै मुद्दा छन्। अदालतमा दायर भएका कुल मुद्दाको झन्डै ७ प्रतिशत महिला आफन्तबाटै बलात्कारको सिकार भएको देखिन्छ। अधिवक्ता वसन्त गौतम भन्छन्, ‘नातागोता, इष्टमित्र बिर्सेर बलात्कार हुँदा छोरी घरभित्रै असुरक्षित छन्। सामाजिक मूल्य मान्यता र नैतिकता हराउनु नै अहिले चुनौती बनेको छ।’
मुलुकी अपराध ९संहिता० ऐन, २०७४ अनुसार जबरजस्ती करणी गर्दा कम्तीमा पाँच वर्षदेखि बढीमा सर्वस्वसहित जन्मकैद र क्षतिपूर्तिको व्यवस्था रहेको गौतम बताउँछन्। पत्नीलाई पनि जबरजस्ती करणी गरेमा पाँच वर्षसम्म कैद हुने कानुनी प्रावधान छ। त्यसैगरी २० वर्षभन्दा कम उमेर र हाडनाता करणी भएमा सजाय, जरिबाना र क्षतिपूर्ति थपिँदै जान्छ।