यो वर्ष राम्रो तयारि गरेको थिए र मिस नेपालको उपाधि जिते नम्रता श्रेष्ठ , ,

मङ्सिर २१ ,काठमान्डौ – यो वर्षको मिस नेपाल वर्ल्ड २०२०’को उपाधी २३ वर्षीय नम्रता श्रेष्ठले जितेकी छिन् ।‘काठमाण्डौको बूढानीलकण्ठमा रहेको पार्क भिलेज रिसोर्टमा आयोजना गरिएको थियो ।

मिस नेपाल वर्ल्ड’मा २० जना प्रतिस्पर्धी सहभागी भएका थिए,मिस नेपाल हुन देशभरबाट दुई सय भन्दा बढी आवेदन परेको थियो जसबाट २० जना प्रतिस्पर्धीहरुविच कडा प्रतिस्प्रधी भएको थियो।

कार्यक्रमको प्रमुख निर्णायक मिखा माथेमाले सोधेको प्रशनमा सबैभन्दा उत्कृष्ट जवाफ दिदै नम्रता श्रेष्ठले मिस नेपालको उपाधि जितेकी हुन्। नम्रताले ‘मिस नेपाल वर्ल्ड’को टाइटलसँगै नगद २ लाख ५० हजार जितिन् ।

अब, उनले आउँदो बर्ष आयोजना हुने ‘मिस वर्ल्ड’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । प्रतिस्पर्धी २० जनामध्ये सेमीफाइनलमा १२ जना र अन्तिम प्रतिस्पर्धाका लागि ६ जना प्रतिस्पर्धी पुगेका थिए ।

नम्रताले यसअघि मिस नेपाल २०१६ मा पनि सहभागिता जनाएकि थिइन् तर उनि पराजित हुनुपरेको थियो।

यस्तै मिस नेपाल सुप्रानेसनल सिमल कनौजिया, मिस नेपाल इन्टरनेसनल सन्ध्या शर्मा र मिस नेपाल अर्थको उपाधि सुप्रिया श्रेष्ठले जितेका छन् ।

त्यस्तै सह–उपाधितर्फ मिस कन्फिडेन्टको मिस नेपाल नम्रता, मिस ब्युटी विथ पर्पज सन्ध्या शर्मा, मिस हेल्दी नेहा सरकार, मिस फोटोजेनिक आस्थिका श्रेष्ठ, मिस पपुलर च्वाइस सन्ध्या शर्मा र मिस ग्ल्यामर योजना भट्टराई घोषित भएका हुन् ।

हरेक वर्ष मस नेपालको आयोजना गर्दै आएपनि यो वर्ष कोरोना महामारीले जटिल भएको र फरक तरिकाले आयोजना गरिएको आयोजक हिडन ट्रेजर अध्यक्ष दिवाकर राजकर्णिकारले रंग दर्पणलाई बताए ।