लोकसेवा आयोगको सर्भर ह्याक गर्ने ३ जना प,क्राउ ,
मङ्सिर २२ ,काठमान्डौ – लोकसेवा आयोगको सर्भर ह्याक गर्ने र विद्यार्थीलाई जताभावी एसएमएस पठाउने ३ जना ह्याकरलाई प्रहरीले पक्राउ गरेको छ।
आयोगको वेभसाइटमा अनाधिकृत गलत सूचना प्रवाह गरेको आरोपमा एक जनालाई ललितपुर र अन्य २ जनालाई पोखराबाट पक्राउ गरिएको प्रहरी ब्युरोले बताएको हो।
पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका-९ सानोगाउँका २५ वर्षका विवेक महर्जन, कास्कीको पोखरा महानगरपालिका छोरेपाटनका १७ वर्षका युवक र घारीपाटनका १५ वर्षका युवक रहेको ब्युरोका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक नविन्द अर्यालले रंग दर्पणलाई जानकारी दिए ।
लोकेसेवा आयोगको साइट ह्याक गरेर अनाधिकृत रुपमा गलत सूचना प्रवाह गरेको उजुरी ब्युरोमा परेपछि अनुसन्धान सुरु गरेको थियो । पक्राउ परेका उनीहरुलाई विद्युतीय कारोबार ऐन २०६३ को परिच्छेद ९ बमोजिम कारबाही अगाडी बढाईएको वरिष्ठ प्रहरी उपरीक्षक नविन्द अर्यालले बताए।