भ्वाइस अफ नेपाल’ किड्सको छायांकन शुरु नयाँ कोचमा सत्यराज
जेठ ९

काठमान्डौ – भ्वाइस अफ नेपाल’ किड्स संस्करणको छायांकन विहीबारदेखि सुरु भएको छ ।
किड्सको यो चौंथो संस्करणमा गायक सत्यराज आचार्य नयाँ कोचको रुपमा प्रवेश गरेका छन् ।
सिजन छायांकनको ४ दिनअघिसम्म पनि कोचमा प्रमोद खरेल हुने चर्चा थियो । तर, अन्तिम समयमा दर्शकलाई सरप्राइज दिँदै गायक आचार्यको प्रवेश भएको हो।
धुम्बाराहीस्थित भ्वाइसको सेटमा छायांकन सुरु भएको हो । हजारौं डिजिटल अडिसनबाट १०० जना छनोट हुने र तीमध्येबाट पुनः छनोटमार्फत ४८ जना सेलेक्ट हुने जनाइएको छ । यसको अर्थ, एकजना कोचको समूहमा १२ जना हुने छन् ।
नेपालसहित विदेशबाट आएका विदेशीभाषी ६ देखि १४ वर्ष उमेर समूहका बालबालिकाले ब्लाइन्ड अडिसनमा भाग लिँदैछन् । दुई साताभित्र हिमालय टिभीबाट शो प्रसारण सुरु हुने निर्देशक लक्ष्मण पौड्यालले जनाएका छन।

