Gold

२१ दिनमा बक्यौता रकम दिने सम्झौतापछि उखु किसानको आन्दोलन स्थगित ,

Naumule Migrate

पुष १३ ,काठमान्डौ – उखु किसान र सरकारबीच चार बुँदे सम्झौता भएपछि उखु किसानले निरन्तर गर्दै आईरहेको आन्दोलन स्थगित गरेका छन्। सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि मन्त्रालय , गृहमन्त्रालय र आन्दोलनरत उखु किसान संघर्ष समितिबीच सम्झौता भएको हो ।

सम्झौता अनुसार उखु किसानले पाउने बक्यौता रकम सरकारले सम्बधित उधोगीहरुबाट २१ दिनभित्रमा उपलब्ध गराउने भएपछि दुवैविच सम्झौता भएको छ। त्यस्तै तिकोएको समयमा बक्यौता रकम उपलब्ध नगराए चिनी मिल मालिकलाई कारबाही गरिनेपनि सम्झौता पत्रमा उल्लेख छ।

सहमतिमा उद्योग मन्त्रालयबाट सहसचिव नारायण रेग्मी, उखु किसान संघर्ष समितिका तर्फबाट अध्यक्ष रामसर्त रायले हस्ताक्षर गरेका छन् । त्यसैगरी सहमतिको साक्षीका रुपमा गृहमन्त्रालयका प्रतिनिधि र कृषि तथा पशुपन्छी मन्त्रालयका प्रतिनिधिलगायत ६ जना रहेका छन् ।

यस्तै उखु किसान र चिनी उद्योगसँग सम्बन्धित अन्य समस्याका बारेमा अध्ययन गरी १२० दिनभित्र सुझाव पेस गर्न १० जनाको एक संयुक्त प्राविधिक समिति गठन भएको छ । उक्त समितिले उखु किसानले रकम पाए नपाएको र चिनी मालिकले रकम दिएनदिएको बारे सरकारलाई प्रतिवेदन बुझाउने छ ।

 

Naumule Badhipahiro