Gold

योगेश भट्टराईको केपी ओलीलाई कडा जवाफ आफ्नो स्तर हेरेर बोल्दा हुन्छ ,

Naumule Migrate

माघ ४ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) प्रचण्ड-नेपाल समूहका नेता योगेश भट्टराईले काम चालु प्रधानमन्त्रीलाई कडा जवाफ फर्काएका छन्। केटाकेटिको खुन पसिना मेहनतले ओलीले कुर्सि प्राप्त गरेको र आज आफ्नो स्तर देखाएको भट्टराईले बताएका हुन्।

भट्टराईले भनेका छन् मलाई केटो भन्दा दुख लागेको छैन ,तपाईको स्तर थाहा पाए खुशी लाग्यो आफ्नो मान मर्यादा राखेर बोल्नुहोस। ओलीले शनिबार काठमाडौंमा आयोजित प्रदेश १ का कार्यकर्ता भेलालाई सम्बोधन गर्दै योगेश भट्टराईलाई बैगुनी केटोको संज्ञा दिएका थिए।

उनले भनेका थिए आफै दौडीएर गए केटोलाई जिताएर पठाउनु मन्त्रि बनाउछु भने तर उसले पुक्क लात्तीले हानेर हिड्यो ओलीले भने । यो प्रदेशका बैगुनी केटाकेटीबारे केही भन्नु छैन । जसको जवाफ भट्टराईले फर्काएका थिए ,अहिले यो भनाई सामाजिक सञ्जालभरि भईरल भईरहेको छ।

Naumule Badhipahiro