Gold

सभामुखले फिर्ता गरे संवैधानिक नियुक्ति सिफारिस,

Naumule Migrate

माघ १८ ,काठमान्डौ – सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक परिषदले संवैधानिक निकायहरुमा गरेको विवादास्पद नियुक्ति सिफारिस फिर्ता पठाएका छन् ।

सापकोटाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त तथा पदहरु ,निर्वाचन आयोगका पदहरु, रास्ट्रिय मानवधिकार आयोगको रिक्त अध्यक्ष र सदस्य पदहरू लागायतको संसदीय सुनुवाइमा कारण देखाउदै कागजात फिर्ता पठाएका हुन्।

सरकारले ३० पुसमा अध्यक्षसहित तीन सदस्य मात्र उपस्थित भएर पनि बैठक बस्ने गरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको थियो । सरकारले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेको थियो ।

 

Naumule Badhipahiro