फागुन २३ गते संसद् अधिवेशन बोलाउन सिफारिस,

फागुन १४ ,काठमान्डौ – आउँदो फागुन २३ गते सरकारले संसद् अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ ।आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको बताएको हो।

सर्वोच्चले १३ दिनभित्र बैठक बस्ने गरी व्यवस्था गर्न राष्ट्रपति, प्रधानमन्त्री र सभामुखका नाममा परमादेश जारी गरेको थियो ।प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुष ५ गते गरेको सिफारिसलाई रास्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।

विघटनविरुद्द सर्वोच्च अदालतमा मुद्दा परेका थिए । गत ११ गते सर्वोच्चले ती मुद्दाहरूमाथि सुनुवाइ गर्दै प्रधानमन्त्रीको सिफारिस र राष्ट्रपतिको विघटन घोषणा असंवैधानिक भन्दै प्रतिनिधिसभा पुन:स्थापना गरेको थियो ,भने १३ दिनभित्र संसद अधिवेशन बोलाउन आदेश दिएको थियो।