रुकुम चौरजहारी

जिल्ला अस्पताल सल्यानमा जडान गरिएको अक्सिजन कन्सन्ट्रेटमा ५० लाख भ्रस्टाचार

रुकुम आठ विसकोट

सल्यान – जिल्ला अस्पताल सल्यानमा जडान गरिएको अक्सिजन कन्स्न्ट्रेटरमामा भ्रस्टाचार भएको खुलेको छ , अक्सिजन प्लान्ट भनेर अक्सिजन कन्स्न्ट्रेटर पठाईएको समेत खुल्न आएको हो।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको पहलमा उक्त कन्सिन्ट्रेटर खरिद गरि जिल्ला अस्पताल सल्यानमा हिजोदेखि संचालनमा ल्याईएको हो। कन्सन्ट्रेटरलाई बजारमा जम्मा २ लाख सम्म पाईने भने पनि अस्पतालमा पठाईएको कन्सिन्ट्रेटरको मूल्यभने ५१ लाख देखाईएको छ।

कोरोना संक्रमणको महामारीमा अक्सिजन प्लान्ट जोडीएपछि सल्यानक नागरिक खुसि भएका थिए।प्रतिमिनेट १० लिटर अक्सिजन सप्लाइ गर्नेसक्ने चार वटा कन्सिन्ट्रेटरलाई अक्सिजन प्लान्ट भनेर प्रचार गरिएको छ । तर उक्त मेसिन अक्सिजन प्लान्ट नभएको जानकारहरूले बताएका छन ।

यो अक्सिजन प्लान्ट होइन यसको मूल्य ५१ लाखमा खरिद गरिएको भनिएको छ ,जिल्ला अस्पताल सल्यानको लागि स्वास्थ्य सेवा कार्यालयले ल्याएको खरिद गरेको उक्त सामाग्री ४ वटा कन्सिन्ट्रटर बराबर अर्थात प्रती मिनेट ४० लिटर अक्सिजन सप्लाइ गर्ने मेसिन हो ।

जसको मूल्य बजारमा बढीमा ५ लाख होला ,५१ लाखमा खरिद गरिएको भनेर भनिएको छ ,जसको तत्काल छानबिन गर्नुपर्ने स्थानीय लगायत जानकारहरु माग गरेका छन्। प्रदेश सरकारको उपलब्ध बजेटबाट १४० वटा नयाँ अक्सिजन सिलिन्डर किन्ने भनेर सूचना निकालीएको छ। यो घोटाला कर्णाली प्रदेश भरिनै भएको हुनसक्ने जानकार स्थानीय बुद्दिजिवी बताउछन।

 

May be an image of text

कोभिड -१९ को महामारीमा जनताको स्वास्थ्यमा खेलबाड गर्ने र यति ठुलो भ्रस्टाचार गर्ने जो कोहीलाई नछोडिने मनोज प्रधानले बताए । नागरिक समाज सहितको स्वतन्त्र छानबिन समिति गठन गर्नुपर्ने उनको माग छ । ४ लाख लगानि गर्दा प्राप्त हुने ४० लिटर / मिनेट अक्सिजनको लागि किन ४० लाख लगानि गर्नु परेको किन भन्दै उनले प्रश्न गरे।