नेविसंघले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला बाँसमा बोकेर जलायो

जेठ ११,काठमान्डौ – संसद विघटनको विरोधमा नेविसंघले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाएको छ। पुतलीसडकको शंकरदेव क्याम्पस अगाडि उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका हुन् ।

उनीहरुले राष्ट्रपति र प्रधानमन्त्रीको प्रतिकात्मक शव बनाएर बोकी ल्याएका थिए ।असंवैधानिक रुपमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा संसद् विघटन गरेको भन्दै नेपाल विद्यार्थी संघले पुत्ला दहन गरेको हो ।
