स्थानिय युवकलाई डोरीले बाँधेर कुट्ने जाजरकोटका वडाध्यक्ष प,क्राउ

साउन २१, जाजरकोट – जाजरकोटमा एक स्थानिय युवकलाई डोरीले बाँधेर कुट्ने जाजरकोटको जुनीचाँदे गाउँपालिका २ का वडाध्यक्ष रामबहादुर नेपाली प,क्राउ परेका छन् ।

उनले साउन १५ गते सोही ठाउँका स्थानीय सर्पे दमाईलाई डोरीले बाँधेर कुटपिट गरेको भिडियो सामाजिक संजालमा भाईरल बनेको थियो । स्थानीयलाई कुटेको भिडियोका आधारमा वडाध्यक्षलाई प,क्राउ गरिएको प्रहरी श्रोतले जनाएको छ ।

जाजरकोटका प्रहरी निरीक्षक खुमानन्द पाण्डेका अनुसार बुधबार साँझ पञ्चाला प्रहरी चौकीको टोलीले उनलाई घरबाटै नियन्त्रणमा लिएको हो । प्रहरीले पीडित युवालाई पनि जिल्लामा बोलाइएको छ ।

lekbesi

भिडियो भाइरल बनेपछी प्रहरीले दुवै पक्षलाई बसालेर मिलापत्र गराएको समेत बुझीएको थियो। यद्यपि, पीडितले अहिलेसम्म ती वडा अध्यक्षविरुद्ध जाहेरी भने दिएका छैनन् ।