त्रिशूली नदीमा कार खस्दा ३ जना बेपत्ता

असोज ८ ,चितवन -त्रिशूली नदीमा कार खस्दा ३ जना बेपत्ता भएका छन् । मुग्लिननजिक बिहीबार इच्छाकामना गाउँपालिका,५ नाग्दी खोलाबाट ग२च ४९१८ नम्बरको कार त्रिशूलीमा खसेको हो ।

घटनामा कार चालकसहित तीन जना बेपत्ता भएको चितवन प्रहरीले जनाएको छ जसमा चालक कास्कीको पोखरा महानगरपालिका,१७ का प्रेमबहादुर भुजेल, सोही ठाउँका लेखबहादुर भुजेल तथा ईश्वरी भुजेल रहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्यबहादुर थापाले बताए ।

कारमै रहेका पोखरा,१७ का ४६ वर्षीय रुद्रलाल सुवेदीको भने उद्धार भएको छ । उनको भरतपुरस्थित पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

lekbesi

कार काठमाडौंबाट पोखरा जान मुग्लिनतर्फ आइरहेको जानकारी प्राप्त भएको थापाले बताए। कारको अगाडिको भाग नदि नजिक फेला परेको छ भने कार अहिले सम्म फेला पर्न सकेको छैन ।