surkhet

प्रचण्ड नेपालको भलाकुसारी एमालेको राष्ट्रिय महाधिवेशनमा नजाने पक्का

surkhet

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकिकृत) समाजवादी पार्टीका अध्यक्ष माधव कुम्मार नेपाल नेकपा एमालेको १० औ राष्ट्रिय महाधिवेशनमा नजाने पक्का पक्कि भएको छ।

Gorkha

महाधिवेशनमा सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने सात राजनीतिक दललाई निमन्त्रणा गरिएको भए पनि प्रचण्ड नेपाल नजाने विशेष श्रोतले जनाएको छ।

अहिलेसम्म प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कार्यक्रममा सहभागी हुने जानकारी भएको एमाले १० औ राष्ट्रिय महाधिवेशन अतिथि सत्कार समितिले जानकारी दिएको छ ।एमालेको १० औ राष्ट्रिय महाधिवेशन भोलि १० गते देखि १२ गते सम्म चितवनमा हुँदै छ।

 

salyan