सप्तकोशी डेभलपमेन्ट बैंकका सीईओ पक्राउ नागरिकको १५ करोड हिनामिना

विराटनगर – सप्तकोशी डेभलपमेन्ट बैंकका सीईओ नविन सुवेदी पक्राउ परेका छन। बैंकको १५ करोडभन्दा बढी रकम हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले सुवेदीलाई पक्राउ गरेको हो ।

प्रहरीले बुधबार बेलुका सुवेदीलाई विराटनगरबाट पक्राउ गरेको हो । बैंकको रेमिट्यान्स शाखाको पार्किङ एकाउन्टबाट पछिल्लो ६ वर्षमा १५ करोड भन्दा बढी रकम हिनामिना भएको थियो ।
हिनामिनामा संलग्न भएको आरोपमा प्रहरीले यसअघि कर्मचारी हिमाल भट्टराईलाई पक्राउ गरेको थियो । १५ करोडभन्दा बढी रकम हिनामिना प्रकरणमा सुवेदीको पनि संलग्नता देखिएपछि अनुसन्धानका लागि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले जानकारी दिए । उनिमाथि थप अनुसंधान भैइरहेको प्रहरीले जनाएको छ।
