माओवादी नेता पुन आज चीनबाट नेपाल आउँदै

काठमान्डौ – नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन (अनन्त) चीनमा स्वास्थ्य उपचार गराएर आज स्वदेश फर्कंदै छन् ।
आज बेलुका चार्टर विमानमार्फत पुन नेपाल आउन लागेको उनको पारिवारिक स्रोतले जनाएको छ । उनको साथमा पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्तीपनि छिन ।
वंशाणुगत जण्डिसका बिरामी पुनलाई नेपालमा उपचारपछि सन्चो नभएपछि बैंकक लगिएको थियो। बैंकमा उपचारपछि पनि सुधार नभएको पछि चीन लगिएको हो ।


अहिले पुन पूर्णस्वास्थ्यलाभ गरी स्वदेश फर्किन लागेको जानकारी सामाजिक सन्जालमार्फत् दिएका छन् ।
नेता पुनको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा जण्डिसको उपचार भएको थियो ।
पार्टीको महासचिव पदको दावेदार पुनलाई पर्खिएर माओवादी केन्द्रले पदाधिकारी चयन गरेको छैन । पदाधिकारी छान्न माओवादीले यही माघ २७ गते केन्द्रीय समिति बैठक बोलाएको छ ।
गत पुसमा काठमाडौंमा आयोजित माओवादी केन्द्रको आठौं महाधिवेशनले केन्द्रीय सदस्य मात्रै चयन गरेको थियो । ती केन्द्रीय सदस्यहरुको पहिलो बैठकले अध्यक्षमा प्रचण्डलाई नै निरन्तरता दिने निर्णय गरेको थियो ।
