surkhet

महासचिवमा मेरो दाबी छ : वर्षमान पुन

surkhet

काठमान्डौ – नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुन (अनन्त)ले पार्टी महासचिवमा आफ्नो दाबी रहेको बताएका छन्।

चीनमा उपचारपछि स्वास्थ्यलाभ गरेर सोमबार साँझ स्वेदश फर्किएका पुनले अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा महासचिवमा आफ्नो दाबी रहेको बताएका हुन् ।

आफू यसअघि नै पार्टीको सचिव रहिसकेकाले महासचिवमा दाबी गर्नु स्वभाविक रहेको उनले बताए। आफूले उपचारका क्रममा चीनमा रहेकै बेला अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसहित अरु नेताहरुसँग महासचिवमा दाबी प्रस्तुत गरेको पुनले बताए।

Dailekh
Gorkha

स्थानीय कमिटीदेखि प्रदेश हुँदै पार्टी अध्यक्ष र केन्द्रीय समितिको चयन सर्वसम्मतिबाट भएको भन्दै उनले वरिष्ठ नेता, उपाध्यक्ष र महासचिवसहित पदाधिकारी चयन पनि सहमतिमै हुने बताए।

‘महाधिवेशन चलिरहेकै बेला मैले पार्टी अध्यक्ष, वरिष्ठ नेता र अरु साथीहरुसँग कुरा हुँदा महासचिवमा दाबी गरेको साँचो हो ‘म यसअघि सचिव भएर काम गरिसकेकाले महासचिवमा दाबी गर्नु स्वाभाविक हो उनले भने ।

भरसक सहमतिमै पदाधिकारी चयन हुने र प्रक्रियामा गए आफू फेस गर्ने उनको भनाइ थियो। आफू उपचारका क्रममा देशबाहिर रहेका बेला पार्टीको आठौं महाधिवेशन भएको र त्यसमा सहभागी हुन नपाउँदा दुःख लागेको पुनले बताए।

पार्टीको महासचिव पदका दावेदार पुनलाई पर्खिएर माओवादी केन्द्रले पदाधिकारी चयन गरेको छैन । पदाधिकारी छान्न माओवादीले यही माघ २७ गते केन्द्रीय समिति बैठक बोलाएको छ ।

salyan