अमेरिकाले एमसीसी पास गर्नुपर्ने भन्दै नेपालमा फेरी दियो धम्कि
काठमाण्डाै – अमेरिकी सहयोग परियोजना (एमसीसी)को विषयलाई लिएर नेपालमा भैरहेको विवाद र प्रदर्शनप्रति अमेरिकाले आपत्ति जनाएको छ ।
नेपालका लागि अमेरिकी राजदूत र्यान्डी जे बेरीले ट्वीट गर्दै भैरहेका विरोध प्रदर्शनप्रति आपत्ति जनाएका हुन् । उनले आफूहरु स्वतन्त्र अभिव्यक्ति र सार्वजनिक बहसको बलियो समर्थक रहेको भन्दै हिंसा र हिंसालाई प्रोत्साहित गर्ने कार्य स्वीकार्य नहुने बताएका छन्।
आफ्नो विचार व्यक्त गर्ने अधिकार लोकतन्त्रको अन्तर्निहित आवश्यक तत्व भएको र मानिसहरुले शान्तिपूर्वक आफ्ना विचारहरु सार्वजनिक गर्न पाउनुपर्ने उनको भनाई छ। अमेरिकाले बेला बेलामा नेपाललाई एमसीसी पास गर्न भन्दै धम्किपूर्ण भाषा सस्मेत बोल्ने गरेको छ।
We are a strong supporter of free speech & public discourse based in fact, including on MCC. The right to express one’s views is intrinsic to democracy, and people must be allowed to peacefully share their views. Violence & incitement to violence are never acceptable.
— Ambassador Randy Berry (@USAmbNepal) February 18, 2022