surkhet

गठबन्धन कति टिक्छ भन्दै ओलीले संसारभरिका ज्योतिषिलाई सोध्दै

surkhet

फागुन ७  ,काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्तारुढ गठबन्धन सरकार धेरै नटिक्ने बताएका छन्। प्रमुख प्रतिपक्षी दलका नेता ओलीले भक्तपुरमा सूर्य विनायक नगर अस्पतालको उद्घाटन कार्यक्रममा गठबन्धन टिक्न नसक्ने बताएका हुन् । यस्तै उक्त गठबन्धनलाई भत्काएरे छोड्ने पनि उनले बताए।

Gorkha

उनले चुनावमा जानैपर्ने परिस्थिति लोकतन्त्रमा हुने भएकाले गठबन्धन धेरै नटिक्ने बताएका हुन। यो गठबन्धनलाई पानीमुनिबाट भएपनि ठेगान लगाइन्छ, लगाइन्छ,’ उनले भने, ‘बच्ला पानीमुनि गएपनि कहाँ यो स्वार्थी गठबन्धन ? यो कहाँ बच्छ ? बच्न सक्दैन । बढीमा एक वर्ष हो यसको आयु धेरै छैन।

यस्तै गठबन्धन सरकार कति टिक्छ भने संसारभरिका ज्योतिषिलाई सोध्यो भन्यो पनि त्यै भन्छन् बढीमा १ वर्ष हो यो सरकारको आयु ।मुलुकमा शान्तिसुरक्षा र विकासका लागि एमाले सरकार चाहिने ओलीको भनाइ छ । उनले चुनावमा जालझेल गर्न नहुने र अबको एक वर्षमा चुनाव आउनै पर्ने ओलीको भनाई थियो।

 

salyan