प्रचण्डको दोहोरो चरित्रले एमसीसी संसदमा टेबल, नयाँवानेश्वरमा युद्ध
फागुन ९,काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दोहोरो चरित्र देखाउदै फेरि आफूहरू एमसीसीको विपक्षमा रहेको बताएका छन।
प्रचण्ड र प्रधानमन्त्री देउवाले केही हप्ता अगाडि एमसीसी पास गर्ने भन्दै अमेरिकालाई लेखेको पत्र बाहिरीएको थियो। पत्र बाहिरीएपछी अहिले चौतर्फी विरोध भैइरहेको छ।
पत्र बाहिरीएपछी प्रचण्ड र देउवाबिच वादविवाद समेत भएको थियो भने गठबन्धननै नरहने सम्मका कुरा चलेका छन। देउवाले एमसीसी पास गर्न आफू लाई साथ नदिए गठबन्धन तोडेर नेकपा एमालेलाई साथ लिने भन्दै नेकपा एमालेलाई भेट्न बालकोट पुगेका थिए ।
लगतै प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको छलपछि संसदमा एमसीसी टेबल गर्न दिने सहमति भएको थियो।
माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायत सत्ता गठबन्धनका नेताहरूकै सहमतिमा सरकारले हिजो एमसीसी संसदमा टेबल गरेको छ ।
प्रचण्ड नेपालको यो निर्णयले माओवादी केन्द्र र समाजवादी पार्टीमा अंतरग देखीएको छ।
माओवादी केन्द्रका अध्यक्षको निर्णयले पार्टीका संसदीय दलका प्रमुख सचेतक देव गुरुङ लगायतका तिन नेताले सभामुखलाई पत्र लेख्दै एमसीसी संसदमा टेबल गर्ने निर्णयप्रती आफू हरु असहमत भएको बताएका थिए ।
माओवादी केन्द्रका नेता अर्थमन्त्री जनार्दन शर्मा भने बिरामीको कारण देखाउदै बैठकमा उपस्तिथि भएनन ।
त्यस्तै उता समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले पनि आफ्नो पार्टीको स्थायी कमिटिले एमसीसी संसदमा टेबल गरेपछि असन्तुष्ट व्यक्त गरेका छन।
उनले हिजोको प्रतिनिधिसभा बैठकमा उठेर विरोध जनाएका थिए ।
नेकपा एमालेका नेता भिम रावलले पनि विगत देखिनै एमसीसी संसदमा टेबल गरिएपछि हिजोको बैठकमा उठेर चर्को विरोध गरेका छन ।
एमालेले भने हिजोको बैठक पनि अवरोध गरेको छ। जसपा संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराईले पनि एमसीसी पास गर्नुपर्ने बताउँदै आईरहेका छन भने जसपाका अध्यक्ष उपेन्द्र यादवले संसदमा एमसीसी टेबल गर्नेमा सहमती गरेका थिए ।
बैठक अवरोधकि बिच सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले संसदमा एमसीसी टेबल गरेका छन। एमसीसी संसदमा टेबल भएपछि प्रधानमन्त्री देउवाले अन्कगणित सुरु गरेका छन भने उनले सामन्य सांसदको उपस्तिथि र समर्थनमा एमसीसी संसदबाटै पास गर्ने जनाएका छन।
एमसीसी संसदमा टेबल गरिएको भन्दै हिजो नयाँ नयाँवानेश्वर युद्द रणभुमि बनेको छ। प्रदर्सन रोक्न प्रहरीले अस्रुग्यास रबरको गोलि र पानीको फोहरा हानेको थियो ।
जसबाट थुप्रै प्रदर्शनकारी घाईते भएका छन। प्रचण्ड नेपालको निर्णयलेनै नागरिकले यो दु:ख पाईरहेको भन्दै चौतर्फी विरोध भैइरहेको छ।
एमसीसी संसदमा टेबल भएपछि बाहिर निस्केर प्रचण्ड र नेपालले सरकारले विवाद र विरोधकै बीच एमसीसी टेबल गरेकोमा विरोध जनाउँदै एमसीसीको विपक्षमा उभिने बताएका छन।
अध्यक्ष प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन। विवाद र विरोधका बीच सरकारले एमसीसी टेबुल गरेको छ । हाम्रो पार्टी र संसदीय दलले एमसीसीकाे विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ ।