आज बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसीमाथि छलफल हुने

फागुन १३,काठमाडाै‌ -आज बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसीमाथि छलफल हुने कार्यसूची सार्वजनिक गरिएको छ आज १ बजे दिउँसो प्रतिनिधिसभा बैठक बस्दै छ।

संघीय संसद सचिवालयले बिहीबार सार्वजनिक गरेको शुक्रबारको बैठकको सम्भावित कार्यसूचीको दोस्रो नम्बरमा एमसीसीमाथि छलफल हुने उल्लेख गरिएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एसीसी)बीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्नुहुने,’ कार्यसूचीमा उल्लेख छ ।

lekbesi