विषालु च्याउ सेवनबाट एकै घरका छ जना बिरामी ,,

असार १५ , बिर्तामोड – झापाको मेचीनगरमा जंगली च्याउ खाँदा एकै घरका ६ जना बिरामी परेका छन्। मेचीनगर नगरपालिका-१४ दुवागडीमा जंगलबाट टिपेर ल्याएको च्याउ पकाएर खाँदा सोही स्थानका प्रेम किशान दर्जी, उनकी पत्नी सुशीला दर्जी, तीन र दुई वर्षीय छोरा,ज्वाई प्रकाश दर्जी र आमा लिलामाया दर्जी बिरामी परेको प्रहरीले बताएको छ। बिरामीको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार भइरहेको छ ।