Gold

गगन थापाले चुनाव जितेको क्षेत्रमा मुकुन्दको उमेदवारीको घोषणा

Naumule Migrate

काठमाडौं -‘मुकुन्दे’ नामले चर्चित मुकुन्द घिमिरेले काठमाडौं क्षेत्र नं ४ बाट उम्मेदवारी घोषणा गरेका छन् । उनले आज उम्मेदवारी घोषणा गर्दै नेकपा एमालेको सूर्य चिन्हबाट उम्मेदवार बन्ने सम्भावना रहेको बताएका छन् ।

यस्तै उनले नेपाली काङ्ग्रेसका नेता गगन थापालाई टक्कर दिदै उम्मेदवारीको घोषणा गरेको बताएका छन। काठमाडौं क्षेत्र नं ४ गगन थापाले जितेको क्षेत्र हो ।

मदन भण्डारीलाई गिरिजाबाबुले उठाए जसरी मलाई सूर्य चिन्हबाट उठाइयोस्,’ मुकुन्देले भनेका छन।, ‘सूर्य चिन्ह नदिए अर्को ठूलो दल खोज्ने नभए स्वतन्त्र भएपनि उठ्ने हो ।

हृदयश त्रिपाठी र कमल थापाले समेत सूर्य चिन्ह आशा राखेको तर्क गदै आफूले पनि त्यही आशा राखेको सुनाए । काठमाडौं ४ देशकै नम्बर एक क्षेत्र भएको तर्क गर्दै भने,‘मदन भण्डारी, विद्यादेवी भण्डारी जितेको क्षेत्र हो ।

सुप्रभा घिमिरे दिदी रोएको क्षेत्र हो ।’आफू मदन भण्डारीको बिरासत थाम्नका लागि काठमाडौं ४ मा अगाडि बढ्ने निर्णयमा पुगेको सुनाए ।

चुनावमा गगन थापाविरुद्ध उठ्ने निर्णय हो भन्ने प्रश्नमा उनले भने,‘को को ठक्कर लाग्छन् बेग्ले कुरा हो ।’काठमाडौं क्षेत्र नं ४ मा पशुपतिनाथ रहेको र आफू हिन्दू राष्ट्रको एजेन्डामा रहेको समेत सुनाए ।

आफ्नो मुख्य एजेन्डा मुकुन्दल्यान्ड बनाउने नै रहेको उनको भनाई छ । मुकुन्दले केही महिना अगाडि मात्र विवाह गरेका छन।

Naumule Badhipahiro