प्रधानमन्त्री देउवाले समाले अर्थ मन्त्रालयको जिम्मेवारी
असार २२

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।अर्थमन्त्री जनार्दन शर्माले आज प्रतिनिधि सभा बैठकमा बोल्दै राजीनामा दिएका थिए।
त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले नै तोकेकी हुन्। बुधवार साँझ राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गरी अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई दिइएको जानकारी गराएको हो ।
