surkhet

ओली निवास बालकोट नजिक गठबन्धनको ठूलो चुनावी आम सभा

surkhet

काठमाडौं सत्तारुढ गठबन्धनका नेताहरुले आज एमाले अध्यक्ष केपि शर्मा ओलीको घर अगाडि विशाल चुनावी आम सभा गर्दै छन।

ओली निवास बालकोट नजिक सभा दिउँसो २ बजे कोटेश्वरमा आयोजना गरिएको हो ।

Gorkha

गठबन्धनको काठमाडौं क्षेत्र नम्बर २ चुनाव परिचालन समितिको आयोजनामा आज अन्तिम चुनावी सभा गर्न लागेको रंग दर्पनलाई खबर प्राप्त भएको छ।

Dailekh

चुनावी सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, काँग्रेस महामन्त्री गगन थापा, गठबन्धनबाट क्षेत्र नम्बर–२ को साझा उम्मेदवार पूर्वसभामुख ओनसरी घर्तीलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

यही मंसिर ४ मा हुने निर्वाचनका लागि काठमाडौं-२ मा गठबन्धनबाट प्रतिनिधि सभामा पूर्वसभामुख एवं माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्ती ,प्रदेशसभा (क) मा कांग्रेसका ध्रुव केसी र प्रदेशसभा (ख) मा एकीकृत समाजवादीका भरतप्रसाद फुँयाल उम्मेदवार छन् ।

 

salyan