Gold

मतपेटिका बचाउन प्रहरीले गोली हान्न सक्ने

Naumule Migrate

काठमान्डौ – यहि मङ्सिर ४ गते देशभरमा संघ र प्रदेश सभाको एकै साथ निर्वाचन हुँदै छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण बनाउने गृहकार्य भईरहेको नेपाल प्रहरीका प्रवक्ता टेकप्रसाद राईले बताए।

सुरक्षार्थ खटिएका सबै निकायले आवश्यक समन्वय गर्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण बनाउने गृहकार्य भईरहेको छ। कुनै पनि पक्षले निर्वाचन बिथोल्ने मत पेटिका लुट्न खोजे प्रहरीले गोलि हान्न मिल्ने गरि गृहकार्य गरेको प्रवक्ता टेकप्रसाद राईले बताए।

नेपाल प्रहरीका प्रवक्ता टेकप्रसाद राईले अन्नपूर्ण पोस्टको कार्यक्रम ‘द न्यूज मेकर’मा भूपाल लुइँटेलसँग कुरा गर्दै निर्वाचन भाँड्न सक्रिय भए विप्पवलगायतको विद्रोही समूहलाई नियन्त्रणमा लिने तयारी भइरहेको बताए ।

नेकपा नेत्र विक्रम चन्द विप्लव नेत्रत्वको पार्टीले मङ्सिर ४ को चुनाव बिथोल्ने र बहिस्कार गर्ने जनाईसकेको छ । गत स्थानीय चुनावमा तराईका केहि बुथमा मत पेटिका लुट पाट भएका थिए। आउँदो निर्वाचनमा त्यस्ता घटना घटना नदिन प्रहरीले उच्च निगरानी गरिरहेको पनि बताएको छ।

Naumule Badhipahiro