surkhet

नारायणकाजी श्रेष्ठ गृहमन्त्री बन्दै

surkhet

काठमान्डौ – पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सरकारमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ गृहमन्त्री बन्ने भएका छन।

उनलाई प्रधानमन्त्री प्रचण्डले गृहमन्त्रीको लागि तयारी रहन आग्रह गरेका छन। हाल भौतिक योजना तथा पूर्वाधार मन्त्री रहेका नारायणकाजी श्रेष्ठ गृहमन्त्री बन्ने पक्का भएको छ।

Gorkha

मन्त्रिपरिषद पुनर्गठन गर्ने क्रममा श्रेष्ठ गृहमन्त्री बन्न लागेका हुन्।श्रेष्ठ पुस १० गते उपप्रधानमन्त्री एवम् भौतिक मन्त्री बनेका थिए।

Dailekh

नयाँ गठबन्धन बनेपछि भौतिक मन्त्रालय नेकपा एकीकृत समाजवादीको भागमा परेको छ भने गृह मन्त्रालय माओवादीको भागमा परेको हो।

यसअघि श्रेष्ठ २०६८ सालमा तत्कालीन प्रधानमन्त्री झलनाथ खनाल नेतृत्वको सरकारमा केही दिन मात्र गृहमन्त्री बनेका थिए।
प्रधानमन्त्री प्रचण्डले शुक्रबार मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेका छन।चैत १५

 

 

salyan