टिक टकमा पैसा फिजाएर सुत्ने व्याक्ती पक्राउ अरु निगगारीमा

काठमाडौ – सरकारसंग पैसा नभएको समयमा यो बेला विभिन्न व्याक्तीले समाजिक संजालमा आफ्नो बिस्तरामा पैसा छरेर भिडियो बनाउने क्रम देखीएको छ।
बिस्तरामा पैसा फिजाउने र सुत्ने गरेको भिडियो भाईरल बनेपछि प्रहरीले त्यस्ता व्याक्तीमा निगरानी बढाउने गरेको छ भने एक जनालाई पक्राउ समेत गरेको छ।
महोत्तरी बर्दिवास– १ घर भई ललितपुरको टीकाथली बस्ने सुलभ आचार्यलाई प्रहरीले सचेत गराई निगरानीमा रहने गरी छाडेकाे हाे।


आचार्यले केही समयअघि ओछ्यानमा पैसा फिँजाएकाे भिडियो टिकटकमा राखेका थिए ।
उनलाई पक्राउ गरी सोधपुछ गर्दा अध्ययनका लागि विदेश जाने क्रममा कलेज फी बुझाउन बैंकबाट निकालेको पैसा रमाइलोका लागि भिडियो बनाएर पाेस्ट गरेकाे पाइएकाे प्रहरीले जनाएको छ ।
उनले उक्त रकम एभरेस्ट बैंकबाट निकालेका थिए। आगामी दिनमा त्यस्ता गतिविधि नगर्ने सर्तमा निगरानीमा रहने गरी सचेत गराई छाडिएको प्रहरीले जनाएको छ ।
यस्तै एक जना महिलाले पनि आफ्नो बिस्तरामा पैसा फिजाएर सुतेको भिडियो भाईरल बनेको छ । उक्त महिलालाई निगरानी गरिरहेको प्रहरीले जनाएको छ। चैत २३
