Gold

रवि लामिछानेका ड्राइभरको आजै अन्त्येष्टि गरिने

बैशाख १९

Naumule Migrate

काठमान्डौ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक दिलबहादुर थापा (शम्भु)को मंगलबार नै अन्त्येष्टि गरिने भएको छ।

रास्वपाका केन्द्रीय सदस्य दीपक बोहराकाअनुसार थापाको शवलाई केहीबेरपछि पोष्टमार्टमका लागि पाटन अस्पताल लगिने छ। पोष्टमार्टमपछि पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिने उनले बताए। मृतकका सबै परिवार आईसकेको र आजै अन्त्यस्टी गरिने उनले बताए ।

घरको छतबाट खसेर घाइते भएका चालक दिलबहादुर थापाको मंगलबार मेडिसिटी अस्पतालमा मृत्यु भएको हो।
अस्पताल स्रोतका अनुसार  दिउँसो २ बजेतिर उनको मृत्यु भएको हो। अहिले आफन्तले उनको शव अस्पतालबाट लिएर गइसकेका छन्।

सभापति लामिछाने चुनावी प्रचारमा रहेका बेला वैशाख ४ गते बिहान  पौने ४ बजेतिर थापा घरको छतबाट खसेका थिए।

 

Naumule Badhipahiro