पूर्व गृहमन्त्री बालकृष्ण खाँणका प्रमुख स्वकीय सचिव पनि पक्राउ
बैशाख २७
काठमाडाैँ – पूर्व गृहमन्त्री बालकृष्ण खाँणका प्रमुख स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् ।
नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगेको आरोपमा केसीलाई पक्राउ गरिएको हो ।
आज बिहान मात्र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पक्राउ गरिएको छ।
नेपालीलाई भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा पक्राउ पर्नेको संख्या यो सहित १२ पुगेको छ।