स्वच्छ पशुपतिनाथ मन्दिर अभियानमा वाईसीएल नेपाल सरसफाई गर्दै
काठमाडौं – नेकपा माओवादी केन्द्र निकट वाइसीएल नेपालले पशुपतिनाथ मन्दिर सरसफाई गरेको छ।
पर्टन संस्कृति मन्त्री सुदन किरातीले सुरु गरेको पशुपति स्वच्छ सरसफाई अभियानमा आज वाईसीएल नेपाल जिल्ला समिती र केन्द्रिय समितीको उपस्तिथिमा सरसफाई कार्यक्रम गरिएको हो।
मन्त्री सुदन किरातीले प्रतेक शनिबार पशुपति सरसफाई र वृक्षारोपण कार्यक्रम राखेका छन ।पशुपति स्वच्छ सरफाई अभियानको आज १२ औ हप्ता पुगेको छ।
संस्कृति पर्यटन मन्त्रीले पशुपतिनाथ मन्दिरलाई सफा राख्न भन्दै यो अभियान चालेका हुन। पशुपतिनाथ मन्दिरको दुर्गन्धित ले भक्तजनलाई समेत असर पारेको र अन्य मुलुकबाट दर्शन गर्न आउनेहरुमा नराम्रो सन्देश गएको समेत बताए ।
मन्दिर परिसरमा फोहोर फाल्ने जो कोहिलाई कारबाही गरिने समेत उनले बताए । मन्त्री किरातीको यो अभियानमा नेपाल प्रहरी, विध्यालय , वाईसीएल नेपाल , कलाकार लगायतले साथ दिएर सरसाफाई गरिरहेका छन।जेठ् ६