Gold

राष्ट्रपतिविरुद्द बोलेको भन्दै पक्राउ

असोज १९

Naumule Migrate

काठमान्डौ – हत्या गरिएका श्रीमान चेतन मानन्धरको न्याय माग्दै अनशन बसेकी भारती मानन्धरलाई भेट्न पुगेका व्याक्तीहरुलाई प्रहरीले पक्राउ गरेको छ।

रिगललाई राष्ट्रपतिले दिएको आम माफी विरुद्ध अनशन बसेकी भारती मानन्धरलाई भेट्न पुगेका सोम शर्मा लगायतका युवाहरुलाई पक्राउ गरिएको हो।

राष्ट्रपतिका विरुद्ध नाराबाजी गरेको र बोलेको भन्दै उनीहरुलाई पक्राउ गरिएको पाईएको छ। नेपालगन्जका चेतन मानन्धरलाई रिगल भनिने योगराज ढकालले खुडा प्रहार गरि हत्या गरेका थिए ।

उनी जेलमै थिए तर सरकारको सिफारिसमा असोज ३ संविधानदिवसको दिन राष्ट्रपति रामचन्द्र पौडेलले आम आफि दिएका थिए ।

अहिले यो घटना सर्वोच्चमा पुगेको छ भने चौतर्फीबाट भारतीलाई न्याय दिन माग गरिएको छ।

Naumule Badhipahiro