राष्ट्रिपति पौडेलले गरे पलाञ्चोक भगवती मन्दिरमा पुजा
कार्तिक ५

काभ्रेपलाञ्चोक – राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान बडादशैँ अन्तर्गत महाअष्टमीको शुभ अवसरमा आज बिहान काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना गरेका छन। साथमा राष्ट्रपति पौडेलकी धर्मपत्नी सबिता पौडेल पनि पूजाअर्चनामा सहभागी थिइन ।
राष्ट्रपति पौडेल पाँचखाल नगरपालिका, ९ पलाञ्चोकमा रहेकाे पलाञ्चाेक भगवती मन्दिरमा दर्शन गर्न आज बिहान पाँचखाल पुगेका थिए ।
बडा दशैँका अवसरमा महाअष्टमीको दिन राष्ट्र प्रमुखले पलान्चोकसहित नवदुर्गा भगवतीको दर्शन तथा पूजाअर्चना गर्ने परम्परा रहिआएको छ ।


पलाञ्चोक भगवतीको मन्दिर नेपालमा रहेका भगवतीको मन्दिरमध्ये सबैभन्दा पुरानो मन्दिरको रुपमा परिचित छ ।
पलाञ्चोक भगवतीको मन्दिर करिब एक हजार छ सय ५५ वर्ष पहिले अर्थात् सन् ४२५ सालमा निर्माण भएको हो । पलाञ्चोक भगवतीलाई भगवतीको जेठी दिदीको रुपमासमेत लिने गरिन्छ ।
यस पलाञ्चोक शक्तिपीठमा विशेष गरी दशैँ, माघे–सङ्क्रान्ति र वैशाख पूर्णिमामा भक्तजनको ठूलो भिडभाड लाग्ने गर्छ । यहाँ दर्शन गर्दा मनोकामना पूरा हुने विश्वास गरिँदै आइएको छ ।
राष्ट्रपति पौडेललाई जिल्ला समन्वय समितिका प्रमुख दीपक गौतम, पाँचखाल नगरपालिकाका मेयर महेश खरेल तथा उपमेयर सूर्यमाया दनुवार, काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा तथा स्थानीय जनप्रतिनिधिले पलाञ्चोक भगवती मन्दिर परिसरमा स्वागत गरेका थिए ।
