रविन्द्र मिश्रलाई थुनामा राख्नुको लिखित जवाफ दिन सर्वोच्चको आदेश
बैशाख ३१

काठमान्डौ – सर्वोच्च अदालतले राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रलाई बन्दीप्रत्यक्षीकरण रिटमा अनुसन्धानको मिसिलसहित उपस्थित हुन आदेश दिएको छ।
न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले कारण देखाऊ आदेश जारी गर्दै शुक्रबार मिश्रलाई इजलासमा उपस्थित गराउन भनेको हो।
गत चैत्र १५ गते तीनकुनेमा राजावादी समूहले हिंसात्मक गतिविधि गरेपछि मिश्रसहित दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको थियो।


प्रहरीले मिश्रमाथि राज्यद्रोह, संगठित अपराध, र आपराधिक उपद्रवको कसुरमा अनुसन्धान गरिरहेको छ।
मिश्रको श्रीमतीले उनलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै रिट दायर गरेकी थिइन्।
मिश्रसँगै पक्राउ परेका धवलशमशेर राणा र स्वागत नेपाल रिहा भइसकेका छन्।
