surkhet

कान्तिपुरका कैलाश सिरोहियाको *प*क्राउ बारेमा ट्याउ ट्याउ नगरौ : प्रधानमन्त्री

surkhet

काठमान्डौ – कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको *प*क्राउ बारे प्रधानमन्त्री प्रचण्डले अदालती प्रक्रियाबाटनै *प-क्राउ गरिएको बताएका छन।

सिरोहीलाई हिजो कार्यकक्षबाटै *प-क्राउ गरिएको थियो। *प*क्राउ बारेमा आपत्ति जनाउँदै विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई संयुक्त पत्र पठाएका छन् ।

सम्पाकहरूले प्रधानमन्त्री प्रचण्डलाई पाँच बुँदे पत्र लेखेर राज्यले सृजना गरेको त्राससँग कुनै सम्झौता नगर्ने चेतावनीसमेत दिएका छन् ।

Dailekh
Gorkha

सिरोहियाले कानुन विपरीत काम गरेको भए तोकेबमोजिम सजाय भोग्नुपर्ने भन्दै सम्पादकहरूले त्यसका लागि आफू तयार रहेको भनी सिरोहिया स्वयंले समेत भनेको अवस्थामा गिरफ्तारीको बाटोमा राज्य किन लाग्यो भनी प्रश्न गरेका छन् ।

यसैबीच प्रधानमन्त्री प्रचण्डले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई व्यक्तिगत प्रतिशोधबाट नभई अदालती प्रक्रियाबाट नै *प*क्राउ गरेको बताएका हुन।

‘हिमाल, जनता तथा जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय विज्ञ संवादलाई सम्बोधनपछि सञ्चारकर्मीसँगको प्रश्नमा प्रचण्डले अदालतले प्रक्रिया अघि बढाउन आदेश दिएपछि *प*क्राउ गरिएको बताए ।

यस विषयमा धेरै होहल्ला गर्न जरुरी नरहेको भन्दै प्रधानमन्त्रीले अदालती प्रक्रियाबाट सिरोहिया निर्दोष हुने र सहजै छुट्ने पनि उनले बताए । जेठ् ९

 

salyan