गर्मी छल्न भेरी नदिमा नुहाउन गएका दुई जना बेपत्ता

असार १

सुर्खेत – गर्मी छल्न भेरीमा पौडी खेल्न गएका २ जना बेपत्ता भएका छन् । शनिबार दिउँसो वीरेन्द्रनगर-२ चोक्टेस्थित भेरी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका हुन् ।

कालीकोट घर भई हाल सुर्खेत वीरेन्द्रनगर-७ खजुरा बस्ने १९ वर्षका विनोद केसी र १६ वर्षका भूपेन्द्र केसी बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

बेपत्ता भएकाहरूको प्रहरी चौकी रानीघाटबाट प्रहरी सहायक निरीक्षक जसपाल बुढाथोकीको कमाण्डमा ४ जनाको प्रहरी टोली खटिएर खोजी कार्य गरिरहेको छ । उनिहरुको शव अझै फेला परेको छैन।