surkhet

कावासोतीमा ढल खन्दा तीन जना कामदारको ज्यान गयो

जेठ ३२

surkhet

काठमान्डौ – नवलपरासीको कावासोतीमा ढल खन्दा तीन जना जना कामदारको ज्यान गएको छ।

हिजो कावासोतीको फलफूल चोकमा निर्माणाधीन ढलमा काम गर्दै गर्दा माटोले पुरिएर कावासोती नगरपालिका–५ की सेती राना, तानमाया गाहा र चमेली सिंजालीको ज्यान गएको थियो ।

कामदारको ज्यान गएपछी स्थानियले कावासोती नगरपालिकाको कार्यालय र मेयर विष्णुप्रसाद भुषालको घरमा तोडफोडसमेत गरेका थिए ।

Dailekh
Gorkha

महिलाको ज्यान गएको घटनामा स्थानीय प्रशासन र मृतकका आफन्त तथा स्थानीयवासीबीच १० बुँदे सहमति भएको छ ।

आज बसेको कार्यपालिकाको आकस्मिक बैठकले शोकमा आज बिदा दिने निर्णय पनि गरेको छ। घटनापछि आज बसेको कार्यपालिकाको आकस्मिक बैठकले शोकमा आज बिदा दिने निर्णय पनि गरेको छ।

ज्यान गुमाएकाहरूको शिलालेख तयार गर्ने, मृतकका परिवारको एक सदस्यलाई रोजगारी दिने र रोजगारी पुस्तान्तरण गर्ने, मृतकका परिवारलाई पाँच लाख नगद र पाँच लाख रुपैयाँ मुद्दती खातामा जम्मा गरिदिने, उनीहरूका बालबालिकालाई १२ कक्षासम्म शैक्षिक सामग्रीसहित पढाइको व्यवस्थापन गर्नेलगायत सहमति भएको छ ।

salyan